NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

डेङ्गी सङ्क्रमण : के खाने ? के नखाने ?

काठमाडौं । पछिल्लो समय नेपालमा डेङ्गीका बिरामी ह्वात्तै बढेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक रुद्रप्रसाद मरासिनीले लगातार परिरहेको पानीका कारण र सरसफाइमा ध्यान नदिँदा सङ्क्रमण दैनिक बढिरहेको बताएका छन् ।

डेङ्गी सङ्क्रमणले सबैभन्दा बढी १० जिल्ला प्रभावित भएका छन् । जसमा सबैभन्दा धेरै संक्रमित सुनसरीमा रहेका छन् ।

डेङ्गी पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी’ र ‘एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ती फुलबाट लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भएर टोकेपछि डेङ्गी रोग लाग्दछ । डेंङ्गी लागेको बिरामीले खानपानमा विशेष ध्यान दिनुपर्ने हुन्छ । आज हामी डेङ्गी संक्रमितले के खाने के नखानेबारे चर्चा गर्छौँ ।

के नखाने ?

– डेंङ्गी संक्रमितले मसेलेदार खाना खानु हुँदैन । यस्तो खानाले पेटमा एसिड जमा हुन गई झन् समस्या बढाउँछ र निको हुन समय लाग्छ ।
– डेंङ्गी लाग्दा कफि र कफिनसँग जोडिएका पेय पदार्थ सेवन गर्नु हुँदैन । यसले थकान महशुस गराउँछ । त्यसैले यस्तो बेला स्वस्थ पेय पदार्थ पिउनु आवश्यक हुन्छ ।
– डेंङ्गी संक्रमितले ननभेज अर्थात् माछा मासु नखानु नै उपयुक्त हुन्छ । यस्तो समय शरीर कमजोर हुने हुँदा पचाउन गाह्रो हुन्छ र पाचन प्रणालीमा समस्या उत्पन्न हुने सम्भावना हुन्छ ।

के खाने ?
– डेंङ्गीको ज्वरोमा नरिवल पानी पिउनु निकै लाभदायक हुन्छ । नरिवल पानीमा इलेक्ट्रोलाइट्ससहित पोषक तत्वहरु पाइन्छ । नरिवल पानीले शरीरमा पानीको मात्रा कम हुन दिँदैन ।
– डेङ्गी संक्रमणमा मेवाको पात निकै लाभदायक मानिन्छ । यसले पाचन प्रणाली मजबुद बनाउनुको साथै प्लेटलेटको संख्या पनि वृद्धि गर्दछ । हरेक दिन ३० एमएल मेवाको पातको जुस संक्रमणसँग जुध्न सहयोगी हुन्छ ।
– किवीमा पोटासियमसँगै भिटामिन ‘ए’ र ‘ई’ प्रचुर मात्रामा पाइन्छ । यसले शरीमा हुने इलेक्ट्रोलाइट्स सन्तुलित गर्नुको साथै उक्त रक्तचापलाई पनि नियन्त्रण गर्दछ । किविमा पाइने कपरले रोग प्रतिरोधात्मक क्षमताको वृद्धि गर्दछ ।

ताजा अपडेट

नेपालवाच विशेष