NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ७ गते

कोशीमा नयाँ सरकार गठनको दाबी पेश गर्ने आज अन्तिम दिन

सभामुखलाई राजीनामा गराउने तयारीमा गठबन्धन

काठमाडौं । कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले दिएको समय आज अपराह्न ५ बजे सकिँदैछ। प्रदेश प्रमुख परशुराम खापुङले नयाँ सरकार गठनका लागि दाबी पेस गर्न पाँच दिनको समय दिएका थिए।

आज बेलुकासम्म बहुमत सांसदको हस्ताक्षर जुटाउने दलका नेतालाई प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्री घोषणा गर्नेछन्। प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ को उपधारा (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री दाबी गर्न मंगलबार अपराह्न ५ बजेसम्मको समय दिएका हुन्।

असार २१ गते मुख्यमन्त्री बनेका उद्धव थापाको नियुक्ति प्रक्रिया सर्वोच्च अदालतले बदर गर्दै नयाँ सरकार गठनका लागि आदेश दिएपछि नयाँ सरकार गठनको तयारी भएको हो ।

राप्रपालाई फकाएर सरकार बनाउने प्रयास विफल भएपछि केन्द्रको सत्ता गठबन्धन अहिले प्रदेश सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर बहुमत पुर्याउने रणनीतिमा छ । तर, सभामुख गौतम भने मुख्यमन्त्रीको टुङ्गो नलागेसम्म तत्काल राजीनामा नगर्ने अडानमा छन् ।
शनिबार बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा दलहरू सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर बहुमत पुर्‍याउन सहमत भएका थिए।

कोशीमा सत्तारुढ गठबन्धनमा कांग्रेसका २९, मा‍ओवादी केन्द्र (सभामुखसहित) का १३, एकीकृत समाजवादीका चार र जसपाका एक गरी ४७ सांसद छन् भने प्रमुख प्रतिपक्षी एमालेका ४० र राप्रपाका ६ गरी ४६ सांसद छन्।

ताजा अपडेट

नेपालवाच विशेष