आज पनि संसद् बैठक अवरुद्ध गर्ने एमालेको तयारी
काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमालेले आज पनि संसद् बैठक अवरुद्ध गर्ने भएको छ ।
सुन काण्ड छानबिन गर्न उच्चस्तरीय समिति बनाउनुपर्ने अडान राखेर सोमबारको संसद् अवरुद्ध गरेको एमालेले आज पनि संसद् चल्न नदिने तयारी गरेको छ ।
एमाले सचेतक महेश बर्तौलाले उच्चस्तरीय छानबिन समिति नबनाएसम्म संसद् चल्न नसक्ने बताएका छन् । ‘उच्चस्तरीय छानबिन समिति बनाउन सरकार तयार छैन तर समिति बनाएर छानबिन प्रक्रिया सुरू नगर्दासम्म संसद् चल्न सक्दैन’ उनले भने ।
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले सुन काण्ड छानबिन गर्न उच्चस्तरीय समिति बनाउनुपर्ने अडान राखेपछि सोमबार सूचना टाँस गरेर बैठक स्थगित गरिएको थियो। सो बैठक आज दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको थियो।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया