NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

आज पनि संसद् बैठक अवरुद्ध गर्ने एमालेको तयारी

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमालेले आज पनि संसद् बैठक अवरुद्ध गर्ने भएको छ ।

सुन काण्ड छानबिन गर्न उच्चस्तरीय समिति बनाउनुपर्ने अडान राखेर सोमबारको संसद् अवरुद्ध गरेको एमालेले आज पनि संसद् चल्न नदिने तयारी गरेको छ ।

एमाले सचेतक महेश बर्तौलाले उच्चस्तरीय छानबिन समिति नबनाएसम्म संसद् चल्न नसक्ने बताएका छन् । ‘उच्चस्तरीय छानबिन समिति बनाउन सरकार तयार छैन तर समिति बनाएर छानबिन प्रक्रिया सुरू नगर्दासम्म संसद् चल्न सक्दैन’ उनले भने ।

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले सुन काण्ड छानबिन गर्न उच्चस्तरीय समिति बनाउनुपर्ने अडान राखेपछि सोमबार सूचना टाँस गरेर बैठक स्थगित गरिएको थियो। सो बैठक आज दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको थियो।