NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २८ गते

कोशीमा काँग्रेस र एमालेलाई बहुमत बनाएर सरकार चलाउन राजेन्द्र लिङ्देनको सुझाव

काठमाडौं । कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले दिएको समय आज अपराह्न ५ बजे सकिँदैछ । आज बेलुकासम्म बहुमत सांसदको हस्ताक्षर जुटाउने दलका नेतालाई प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्री घोषणा गर्नेछन् ।

यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कोशी प्रदेशमा कांग्रेस र एमाले मिलेर सरकार गठनका गर्न आफूहरुले सुझाव दिएको बताएका छन् । मंगलबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले कोशी प्रदेश सरकार गठनका लागि कुनै पनि दललाई राप्रपाको सहयोग नरहने बताएका हुन् ।

अहिले राप्रपालाई सत्ता प्राथमिकताको विषय नरहेको भन्दै काँग्रेस र एमालेलाई बहुमत बनाएर सरकार चलाउन सुझाव दिएको उनले बताए । ठूलो बहुमतले भोलिका दिनमा बाधा अड्चन आउन नदिने भएकाले पनि यस्तो सुझाव दिइएको उनको भनाई छ ।

९३ सदस्यीय कोशी प्रदेशसभामा ठूलो दल एमालेको ४०, नेपाली कांग्रेसको २९, नेकपा माओवादी केन्द्रको १३, राप्रपाको ६, एकीकृत समाजवादीको ४ र जनता समाजवादी पार्टीको एक सांसद छन् ।

ताजा अपडेट

नेपालवाच विशेष