NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ असार २४ गते

महिला टी २० विश्वकपको एसिया छनोटका लागि प्रारम्भिक टोली घोषणा, को–को परे?

काठमाडौं। महिला टी २० विश्वकपको एसिया छनोटका लागि प्रारम्भिक टोली घोषणा भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार २४ खेलाडी छानेर क्याम्पका लागि बोलाएको हो । यो टोलीको नेतृत्वमा रुबिना क्षेत्री छिन् ।

टिममा रुबिना क्षेत्री, सीता रानामगर, इन्दु बर्मा, कविता कुँवर, कविता जोशी, अस्मिना कर्माचार्य, कृतिका मरासिनी, बिन्दु रावल, अप्सरी बेगम, काजोल श्रेष्ठ, सम्झना खड्का परेका छन् ।

यस्तै, ईश्वरी विष्ट, स्नेहा महरा, सृष्टि जैशी, कञ्चन श्रेष्ठ, रोमा थापा, सवनम राई, पूजा महतो, खुसी डंगोल, रुबी पोडार, मनिषा चौधरी, नेरी थापा, सरस्वती चौधरी र ज्योती पाण्डे रहेका छन् ।

विश्वकपको एसिया छनोट आगामी अगस्त २८ देखि सेप्टेम्बर ६ सम्म मलेसियामा हुनेछ। एसिया छनोटमा १२ देशले भाग लिँदैछन् । जसमा नेपाल समूह ‘ए’मा रहेको छ । समूह ‘ए’मा नेपालसहित बहराइन भुटान, मलेसिया, कतार र संयुक्त अरब इमिरेट्स (यूएई) छन् ।

समूह ‘बी”मा चीन, हङकङ, कुवेत, म्यानमार र थाइल्यान्ड रहेका छन् । दुवै समूहबाट शीर्ष दुई टिम सेमिफाइनलमा पुग्ने छन् भने फाइनल पुग्ने दुई देश विश्वकपका लागि छनोट हुने छन् ।