NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

बहुमतका लागि सभामुखबाट राजीनामा दिएका बाबुराम गौतम मन्त्री बन्दै

काठमाडौं । कोशी प्रदेशको सरकार गठनका लागि बहुमत पुर्याउन सभामुख पदबाट मंगलबार राजीनामा दिएका बाबुराम गौतमलाई मन्त्री बनाइने भएको छ ।

मुख्यमन्त्री पछि दोस्रो बरियतामा रहने गरी गौतमलाई मन्त्री बनाउन लागिएको नेकपा माओवादी केन्द्र स्रोतले जनाएको छ । स्रोतका अनुसार उद्धव थापा नेतृत्वको सरकारमा उनलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिने तयारी छ ।

अहिले गठबन्धन दलबाट एक एक जनामात्रै मन्त्री बनाउने र विश्वासको मतपछि अन्य थप्ने सहमति भएको माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता ईन्द्र आङ्बोले बताएका छन् ।

कोशीमा मंगलबार नियुक्त भएका मुख्यमन्त्री उद्धव थापाले आज पद तथा गोपनीयताको सपथग्रहण गर्दैछन् ।