हवाई र सडक यात्रा गर्दा आज सचेत रहनुहोला : मौसमविद्
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले शुक्रबार सडक र हवाई यात्रा गर्दा सचेत रहन सुझाएको छ । देशका विभिन्न भागमा हावाहुरी, चट्याङसहित भारी वर्षाको सम्भावना औंल्याउँदै महाशाखाले दैनिक जीवनयापन तथा यात्राका क्रममा सचेत रहन आमनागरिकलाई सुझाएको हो ।
महाशाखाका अनुसार, शुक्रबार कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन–चट्याङ्गसहित भारी वर्षा हुने सम्भावना देखिएको छ । जसका कारण नदीको जल सतह बढ्न गई बाढी, पहिरो, भू–क्षय हुने खतरा देखिएको छ ।
त्यस्तै, तराईका भू–भागमा आज हावाहुरी चल्ने सम्भावना देखिएको छ । महाशाखाले यसबाट जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा असुविधा हुनसक्ने औंल्याउँदै सतर्क रहन भनेको छ ।
‘लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशको तराई भू(भाग र मधेश प्रदेशका थोरै स्थानहरूमा हावा हुरीको पनि सम्भावना रहेको छ।यसका कारण नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू–क्षय तथा हावा हुरीजस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ,’ महाशाखाद्वारा शुक्रबार जारी नियमित बुलेटिनमा भनिएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया