दोलखामा पहिरो, एकको मृत्यु, तीन बेपत्ता
दोलखा । अविरल वर्षासँगै आएको पहिरोमा परी दोलखामा एक जनाको मृत्यु भएको छ भने तीन जना हराइरहेका छन् ।
जिल्लाको गौरीशंकर गाउँपालिका–८ मा गएराति गएको पहिरोले सोही स्थानीय तहको वडा नं. ८ मा एक जनाको मृत्यु हुनुका साथै तीन जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय, दोलखाले जनाएको छ ।
प्रहरीका अनुसार, पहिरोमा पुरिएर डेढ वर्षका बालकको ज्यान गएको छ । तीन जना हराइरहेका छन् ।
घटनाबारे जानकारी पाएलगत्तै त्यसतर्फ टोली पठाइएको र अहिले उद्धार प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय, दोलखाका प्रमुख डिएसपी दीपक खड्काले जानकारी दिए ।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया