NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

दोलखामा पहिरो, एकको मृत्यु, तीन बेपत्ता

दोलखा । अविरल वर्षासँगै आएको पहिरोमा परी दोलखामा एक जनाको मृत्यु भएको छ भने तीन जना हराइरहेका छन् ।

जिल्लाको गौरीशंकर गाउँपालिका–८ मा गएराति गएको पहिरोले सोही स्थानीय तहको वडा नं. ८ मा एक जनाको मृत्यु हुनुका साथै तीन जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय, दोलखाले जनाएको छ ।

प्रहरीका अनुसार, पहिरोमा पुरिएर डेढ वर्षका बालकको ज्यान गएको छ । तीन जना हराइरहेका छन् ।

घटनाबारे जानकारी पाएलगत्तै त्यसतर्फ टोली पठाइएको र अहिले उद्धार प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय, दोलखाका प्रमुख डिएसपी दीपक खड्काले जानकारी दिए ।

ताजा अपडेट

नेपालवाच विशेष