अन्तर्राष्ट्रिय क्रिकेटबाट ज्ञानेन्द्रले लिए सन्यास
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् ।
१८ वर्ष क्रिकेट खेलेका ब्याटर ज्ञानेन्द्रले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सन्यास लिने घोषणा गरेका हुन्। उनले अन्तर्राष्ट्रिय क्रिकेटमा पूर्णविराम लगाउँदै एउटा फरक यात्राको आरम्भ गर्ने निर्णय लिएको बताएका छन् ।
१० वर्षको कप्तानीसँगै पारस खड्काले राजीनामा दिएपछि ज्ञानेन्द्रलाई नेपाल क्रिकेट संघ (क्यान) ले २०७६ को कात्तिकमा कप्तान नियुक्त गरेको थियो। तर, उनलाई क्यानले २०७८ मंसिर २९ मा कप्तानबाट हटायो।
खेलाडी वर्गीकरण, केन्द्रीय सम्झौता र सुविधाको बारेमा भएको त्रुटिको विषयमा आफ्नो असन्तुष्टि व्यक्त गरेका ज्ञानेन्द्रलाई अनुशासनको कारबाहीस्वरुप कप्तानबाट हटाइएको थियो।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया