NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ असार १८ गते

अन्तर्राष्ट्रिय क्रिकेटबाट ज्ञानेन्द्रले लिए सन्यास

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् ।

१८ वर्ष क्रिकेट खेलेका ब्याटर ज्ञानेन्द्रले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सन्यास लिने घोषणा गरेका हुन्। उनले अन्तर्राष्ट्रिय क्रिकेटमा पूर्णविराम लगाउँदै एउटा फरक यात्राको आरम्भ गर्ने निर्णय लिएको बताएका छन् ।

१० वर्षको कप्तानीसँगै पारस खड्काले राजीनामा दिएपछि ज्ञानेन्द्रलाई नेपाल क्रिकेट संघ (क्यान) ले २०७६ को कात्तिकमा कप्तान नियुक्त गरेको थियो। तर, उनलाई क्यानले २०७८ मंसिर २९ मा कप्तानबाट हटायो।

खेलाडी वर्गीकरण, केन्द्रीय सम्झौता र सुविधाको बारेमा भएको त्रुटिको विषयमा आफ्नो असन्तुष्टि व्यक्त गरेका ज्ञानेन्द्रलाई अनुशासनको कारबाहीस्वरुप कप्तानबाट हटाइएको थियो।

ताजा अपडेट

नेपालवाच विशेष