समाजवादीका केन्द्रीय सदस्य पार्टीबाट निष्कासित
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीले केन्द्रीय कमिटी सदस्य तथा सिन्धुपाल्चोक जिल्ला इन्चार्ज सुबास कर्माचार्यलाई निष्कासन गरेको छ ।
सङ्गठनात्मक पद्धति तथा निष्ठामा नबसी पार्टी हितविरुद्धमा गतिविधि गरेको निचोड निकाल्दै समाजवादीले पार्टीको साधारण सदस्यतासमेत नरहने गरी उनलाई निष्कासन गरेको उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा शुक्रबार बसेको केन्द्रीय सचिवालय बैठकले सो निर्णय गरेको हो ।
उनका अनुसार पार्टीका सम्पूर्ण कार्यकर्तालाई कर्माचार्यको गतिविधिको भ्रममा नपर्न बैठकले आह्वान गरेको छ ।
बैठकमा युवा विद्यार्थीलाई व्यवस्थित गर्ने एवं समसामयिक परिस्थिति, पार्टीको कार्यभार र विविध विषयमा छलफल भएको थियो । त्यसैगरी बैठकमा यही साउन २० र २१ गते बस्ने स्थायी कमिटी बैठकको आन्तरिक तयारीका बारेमा पनि छलफल भएको प्रमुख खतिवडाले जानकारी दिए ।
पार्टीले आगामी भदौ ५, ६ र ७ गते काठमाडौंमा केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ ।
ताजा अपडेट
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने


प्रतिक्रिया