हरिवंशलाई यसरी फुरेको थियो ‘ए केटा मादलु पड्का’
काठमाडौं । हास्यकलाकार हरिवंश आचार्यले आफ्नो शब्द, स्वर र सङ्गीतमा तयार पारेको ‘ए केटा मादलु पड्का’ गीत सार्वजनिक गरेका छन्। अडियोसँगै भिडियो तयार गरेर सार्वजनिक गरिएको गीत गायनमा हास्य कलाकार आचार्यलाई गायिका शान्तीश्री परियारले साथ दिएकी छिन् ।
चितवनको एउटा जमघटमा फुरेको लयलाई गीतको रूपमा दिएको हास्यकलाकार आचार्यले जानकारी दिए । उनले भने, ‘मान्छेहरू गीत गाउँदै नाचिरहेको देखेँ । त्यही बेला अचानक मेरो दिमागमा एउटा लय फुर्यो । हत्तपत्त कोठामा गएँ । मोबाइलमा रेकर्ड गरेँ । लयसँगै शब्द पनि आयो– ए केटा मादलु पड्का, उफ्रिएर नाच्दिन्छु तीन झड्का ।’
यसरी फुरेको लय अरुलाई सुनाएपछि पाएको सल्लाहअनुसार नै गीत तयार गरिएको उनले बताए । ‘यो विशुद्ध नाच्न मन लाग्ने गीत हो । यसमा नाच्ने गाउने मान्छेले आफ्नो पेशाप्रति गर्व गरेको शब्द छ । सांस्कृतिक कार्यक्रम, बिहे व्रतबन्धलगायत समारोहतिर बढी घन्किन्छ’, हास्य कलाकार आचार्यले भने।
गीतको तयार भएको भिडियोमा चुनावमा हुने विकृतिलाई व्यङ्ग्य गरिएको छ । भिडियोमा हास्य कलाकार आचार्यलाई अभिनयमा अभिनेत्री प्रियङ्का कार्की र सरोज ओलीले साथ दिएका छन् ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया