काठमाडौं विश्वविद्यालयले पीएचडीका लागि बालेनलाई दियो फेलोसिप
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई पीएचडी अध्ययनका लागि काठमाडौं विश्वविद्यालयले फेलोसिप प्रदान गरेको छ ।
बालेनले काठमाडौं विश्वविद्यालयको सिभिल इन्जिनियरिङ विभागबाट पीएचडी गर्न आवेदन दिएका थिए । विश्वविद्यालयले केयू रिचर्स फेलोसिपका लागि बालेनलाई छनोट गरेको हो । मेयर बालेनले काठमाडौं विश्वविद्यालयले फेलोसिपका लागि छनोट भएको भनेर पठाएको पत्र सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेका हुन् ।
बालेनले काठमाडौं विश्वविद्यालयका एसोसिएट प्रोफेसर डा. श्यामसुन्दर खड्काको मातहतमा रहेर पीएचडी गर्ने काठमाडौं विश्वविद्यालयले जनाएको छ । उनले ‘पर्यटन र अर्थतन्त्र प्रवर्द्धन गर्न नेवा सम्पदा संरचनाको संरक्षण’ विषयमा रहेर पीएचडी गर्ने भएका हुन् ।

ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया