NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

काठमाडौं विश्वविद्यालयले पीएचडीका लागि बालेनलाई दियो फेलोसिप

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई पीएचडी अध्ययनका लागि काठमाडौं विश्वविद्यालयले फेलोसिप प्रदान गरेको छ ।

बालेनले काठमाडौं विश्वविद्यालयको सिभिल इन्जिनियरिङ विभागबाट पीएचडी गर्न आवेदन दिएका थिए । विश्वविद्यालयले केयू रिचर्स फेलोसिपका लागि बालेनलाई छनोट गरेको हो । मेयर बालेनले काठमाडौं विश्वविद्यालयले फेलोसिपका लागि छनोट भएको भनेर पठाएको पत्र सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेका हुन् ।

बालेनले काठमाडौं विश्वविद्यालयका एसोसिएट प्रोफेसर डा. श्यामसुन्दर खड्काको मातहतमा रहेर पीएचडी गर्ने काठमाडौं विश्वविद्यालयले जनाएको छ । उनले ‘पर्यटन र अर्थतन्त्र प्रवर्द्धन गर्न नेवा सम्पदा संरचनाको संरक्षण’ विषयमा रहेर पीएचडी गर्ने भएका हुन् ।