भूपू सैनिकलाई ‘वरिष्ठ योद्धा सम्मान’
भरतपुर । चितवनका ५१ जना भारतीय भूपू सैनिकलाई ‘वरिष्ठ योद्धा सम्मान’द्वारा सम्मानित गरिएको छ ।
भारतको महावाणिज्य दूतावास वीरगन्ज र भूपू सैनिक कल्याणकारी क्लबद्वारा संयुक्त रुपमा शनिबार आयोजित सो कार्यक्रममा ८० वर्षमाथिका भारतीय भूपूसैनिकलाई सम्मान गरिएको थियो ।
सो अवसरमा पूर्वजर्नेल डा. प्रेमसिंह बस्न्यातले भूपू सैनिकले पुर्याएको योगदानलाई नेपाल र भारत दुवैले सम्मान गर्नुपर्ने बताए । उनले भूपूसैनिकहरूले दुई देशको सम्बन्धलाई सुमधुर राख्नका लागि पुलको भूमिका खेलेको बताए ।
भारतको महावाणिज्य दूतावास वीरगन्जका महावाणिज्यदूत नितेश कुमारले भूपू गोर्खा सैनिकलाई भारत सरकारले निरन्तर सम्मान गरिरहने बताए । दूतावासले पहिलोपटक सम्मानको कार्यक्रम आयोजना गरिएको जनाउँदै यसलाई निरन्तरता दिने बताए ।
कार्यक्रममा सम्मानित भएका भूपू सैनिकहरूले आफूहरूले पुर्याएको योगदानको कदर गर्दै सम्मान गरेकामा खुसी व्यक्त गरका थिए । कार्यक्रममा डा लक्ष्मीकान्त पाण्डे, धनबहादुर थापालगायतले बोलेका थिए ।
कार्यक्रम भूपू सैनिक कल्याणकारी क्लबका अध्यक्ष प्रेमबहादुर खड्काको अध्यक्षतामा सम्पन्न भएको हो ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया