न्यायाधीशका पिएसओकै पेस्तोल चोरी भएपछि…
काठमाडौं । न्यायाधीशको सुरक्षामा खटिएका पिएसओकै बन्दुक चोरी ? सुन्दा आश्चर्य लाग्न सक्छ । तर यस्तै अनौठो घटनामा संलग्नको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।
सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदीका निजी सुरक्षा अधिकृत (पीएसओ) प्रभाकार खड्काको पेस्तोल चोरी भएको हो । खड्काले कोठामा ब्यागभित्र राखेको पेस्तोल चोरी भएको जनाइएको छ । यसबारे उजुरी परेपछि प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।
घटनामा संलग्नको अभियोगमा पक्राउ पर्नेमा वासुदेव थामी र मेगबहादुर तामाङ छन् । उनीहरू क्रमशः सिन्धुपाल्चोक र सिन्धुलीका हुन् ।
जिल्ला प्रहरी परिसर, काठमाडौंले ३० असारमा चोरी भएको पेस्तोल बौद्धको शिवमन्दिरनजिकैबाट बरामद गरेको जनाएको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया