NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

सदनको गतिरोध अन्त्यका लागि आजपनि शीर्ष नेताहरू छलफलमा

काठमाडौं । प्रमुख दलका शीर्ष नेताहरूबीच आज पनि छलफल सुरु भएको छ ।

सदनको गतिरोध अन्त्य र संसदीय समितिका सभापतिहरुको चयनलगायतका विषयमा सहमति खोज्न आजपनि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल जारी रहेको छ ।

प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारीअनुसार छलफलमा सभामुखसहित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायत सहभागी छन्।

सोमबार सभामुख देवराज घिमिरेको पहलमा शीर्ष नेताहरुबीच छलफल भएपनि सहमति जुट्न सकेको थिएन ।

ताजा अपडेट

नेपालवाच विशेष