आन्दोलनरत पहिचान पक्षधरको माग सम्बोधन गर्ने मुख्यमन्त्रीको प्रतिबद्धता
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आन्दोलनरत पहिचान पक्षधरको माग सम्बोधनका लागि प्रतिबद्धता जनाएका छन् ।
उनीहरूको माग सम्बोधनका लागि मुख्यमन्त्री थापाले सार्वजनिक प्रतिबद्धतापत्र सार्वजनिक गरका छन् ।
उनले शुक्रबार वक्तव्य जारी गर्दै प्रदेशको नाममा प्रदेशवासीको अपनत्व हुनुपर्नेमा विवाद नरहेको बताएका छन् ।
नामाकरणलाई लिएर देखिएको असन्तुष्टि र विरोधलाई वार्ता संवादको माध्यमबाट सम्बोधन गर्नु प्रदेश सरकार र प्रदेश सभाको कर्तव्य भएको उनले भएका छन् । थापाले प्रदेश सरकार यसमा दृष्ट र प्रष्ट रहेको पनि बताएका छन् ।
प्रदेश सभामा रहेका दलहरुबीच सहमति कायम गर्दै प्रदेशको नाममा उठेका प्रश्न लगायतका समस्याको मसाधान गर्ने मुख्यमन्त्री थापाको प्रतिवद्धता छ ।
ताजा अपडेट
-
नेपालले जित्यो एसियन गेम्स क्रिकेट छनोटको उपाधि
-
वीरगन्जका मेयर राजेशमान सिंहसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
-
चरम आर्थिक संकटमा उदयपुर सिमेन्ट उद्योग
-
विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन
-
‘इरानलाई आणविक हतियारबाट रोक्न कारबाही आवश्यक थियो’ : राष्ट्रपति ट्रम्प


प्रतिक्रिया