सदनमा प्रतिपक्षीको अवरोध, सत्तापक्षको विरोध, प्रतिनिधिसभा बैठक १५ मिनेट बसेर स्थगित
काठमाडौं । साउन १० गते यता प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदनमा अवरोध गर्दै आएको भन्दै सत्तापक्षले पनि विरोध जनाउन थालेका छन् ।
आजको प्रतिनिधिसभाको बैठकमा सत्ता पक्ष र प्रतिपक्षका सांसदहरू उभिएर बैठक सञ्चालनमा अवरोध गरे ।
शुक्रवारको बैठकको सुरुमै एमाले सांसदहरू विरोधमा उभिएपछि सभामुख देवराज घिमिरेले सांसद ज्वालाकुमारी साहलाई बोल्न दिए ।
सांसद साहलाई बोल्न समय दिएलगत्तै सत्तारुढ दलका सांसदहरुले उठेर विरोध गरे । त्यसपछि सभामुखले नियमको पालना गर्न आग्रह गरे पनि सत्तापक्षका सांसदहरुले सदन विपक्षीको मात्रै कुरा सुनेर अगाडि बढ्न नसक्ने भन्दै विरोध गरिरहे ।
उनीहरुको होहल्लाले ‘कुरा नसुनिएको’ भन्दै गर्दै सभामुखले साहलाई बस्न आग्रह गरेलगत्तै एमाले सांसदहरुले नारावाजी सुरु गरिहाले
त्यसपछि साउन २९ गते दिउँसो १ बजे बस्नेगरि स्थगित भयो । शुक्रबारको बैठक १५ मिनेट चलेको थियो ।
यसअघि आजै बसेको राष्ट्रियसभाको बैठक पनि एमालेको अवरोधका कारण स्थगित भएको थियो । राष्ट्रिय सभाको अब अर्को बैठक साउन ३१ गते १ बजे बस्ने छ ।
क्वीन्टल सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानविन समिति बनाउन माग प्रमुख प्रतिपक्ष दल एमालेले साउन १० यता बैठकमा अवरोध गर्दै आएको छ ।
ताजा अपडेट
-
टीकाका दिन मौसम सफा रहने, केही स्थानमा हल्का वर्षाको सम्भावना
-
भ्रष्टाचार र कुशासन हटाउन एकजुट हुन प्रधानमन्त्री शाहको आह्वान
-
रसुवा र नुवाकोटका धार्मिक तथा पर्यटकीय क्षेत्र भ्रमणका लागि सुरक्षित
-
बडा दशैंको मुख्य दिन आज, उत्तम साइत बिहान १०ः२६ बजे
-
दशैंको उपहारः भूमिहीनलाई जग्गाधनी प्रमाणपुर्जा


प्रतिक्रिया