सुनिल शर्मा पक्राउमा एमाले सांसद साहको आपत्ति
काठमाडौं । नेकपा एमालकी सांसद ज्वालाकुमारी साहले कांग्रेस सांसद सुनिल शर्मालाई पक्राउ गरिएकोप्रति आपत्ति जनाएकी छन् ।
शुक्रबारको प्रतिनिधि सभा बैठकमा उनले म्याद सकिइसकेको विषयमा बखेडा झिकेर शर्मालाइ पक्राउ गरिएको आरोप लगाइन् ।
उनले भनिन्, ‘यो कानुनले पनि मिल्दैन् । र उहिले नै म्याद सकिएको प्रमाणपत्रलाई अहिले बखेडा झिकेर जो समातिएको छ यसको घोर आपत्ति गर्न चाहन्छु ।’
साहले सुन तस्करि प्रकरणमा भ्रष्टाचारीलाई पटक–पटक उच्चस्तरीय छानबिन आयोग गठन हुनुपर्छ भन्ने आवाज उठाइरहेको व्यक्तिलाई आज कुन हिसावबाट समातिएको छ ? भन्दै उनले प्रश्न गरिन् ।
सांसद शर्मालाई नक्कली शैक्षिक प्रमाणपत्र लिएको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बिहीबार पक्राउ गरेको थियो । यस बिषयमा कांग्रेस नेताहरुले पनि विरोध जनाइरहेका छन् ।
ताजा अपडेट
-
नेपालले जित्यो एसियन गेम्स क्रिकेट छनोटको उपाधि
-
वीरगन्जका मेयर राजेशमान सिंहसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
-
चरम आर्थिक संकटमा उदयपुर सिमेन्ट उद्योग
-
विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन
-
‘इरानलाई आणविक हतियारबाट रोक्न कारबाही आवश्यक थियो’ : राष्ट्रपति ट्रम्प


प्रतिक्रिया