रास्वपा सांसदहरुले संसद अवरुद्ध भएको दिनको सेवा सुविधा नलिने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सांसदहरुले सदन अवरोध भएको समयको कुनैपनि सेवा सुविधा नलिने भएका छन् ।
रास्वपा सभापति समेत रहेका संसदीय दलका नेता रवि लामिछानेले सभामुख देवराज घिमिरलेलाई अवरुद्ध संसद्को समयको कुनै पनि सेवा सुविधा पार्टीले नलिने गरि व्यवस्था मिलाई दिन आग्रह गरेका छन् ।
लामिछानेले सामाजिक सञ्जाल फेशबुक मार्फत यसको जानकारि गराएका छन् ।
साथै रास्वपाले संसद् बैठक नियमित चलाउन सभामुखलाई पहलकदमी गर्न पनि आग्रह गरेको छ । नेकपा एमालले साउन १० गते यता सुन तस्करि प्रकरण उच्चस्तरिय छानबिन समिति गठनको माग गर्दै लगातार संसद बैठक अवरुद्ध गर्दै आएको छ ।

ताजा अपडेट
-
नेपालले जित्यो एसियन गेम्स क्रिकेट छनोटको उपाधि
-
वीरगन्जका मेयर राजेशमान सिंहसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
-
चरम आर्थिक संकटमा उदयपुर सिमेन्ट उद्योग
-
विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन
-
‘इरानलाई आणविक हतियारबाट रोक्न कारबाही आवश्यक थियो’ : राष्ट्रपति ट्रम्प


प्रतिक्रिया