कांग्रेस संसदीय दलको बैठक जारी, यी विषयमा हुँदैछ छलफल
काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसको संसदीय दलको बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बैठक सुरु भएको हो ।
कांग्रेसले संसदीय दलको बैठकमा छलफलका लागि ६ वटा एजेण्डा तय गरेको छ । कांग्रेसले निरन्तर रुपमा भइरहेको सदन अवरुद्धको विषयलाई पहिलो प्राथमिकतामा राखेको छ ।
यस्तै, बैठकमा पार्टीका सांसद सुनिल शर्मा पक्राउको विषयमा पनि छलफल हुने जनाइएको छ । सांसद शर्मालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बिहीबार पक्राउ गरेको थियो ।
बैठकमा आगामी दिनमा संसद्मा कांग्रेस कसरी प्रस्तुत हुने, डेङ्गु रोगको रोकथाम, पशुपंक्षीमा लाग्ने लम्की रोगको उपचार, मानिसमा आँखा पाक्ने रोगको उपचारबारेमा सरकारको ध्यानाकर्षण गराइने जनाइएको छ ।
बैठकका एजेन्डा बिहीबारको कांग्रेस संसदीय दलको कार्यसमिति बैठकले तय गरेको थियो ।

ताजा अपडेट
-
नेपालले जित्यो एसियन गेम्स क्रिकेट छनोटको उपाधि
-
वीरगन्जका मेयर राजेशमान सिंहसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
-
चरम आर्थिक संकटमा उदयपुर सिमेन्ट उद्योग
-
विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन
-
‘इरानलाई आणविक हतियारबाट रोक्न कारबाही आवश्यक थियो’ : राष्ट्रपति ट्रम्प


प्रतिक्रिया