NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १ गते

कांग्रेस संसदीय दलको बैठक जारी, यी विषयमा हुँदैछ छलफल

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसको संसदीय दलको बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बैठक सुरु भएको हो ।

कांग्रेसले संसदीय दलको बैठकमा छलफलका लागि ६ वटा एजेण्डा तय गरेको छ । कांग्रेसले निरन्तर रुपमा भइरहेको सदन अवरुद्धको विषयलाई पहिलो प्राथमिकतामा राखेको छ ।

यस्तै, बैठकमा पार्टीका सांसद सुनिल शर्मा पक्राउको विषयमा पनि छलफल हुने जनाइएको छ । सांसद शर्मालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बिहीबार पक्राउ गरेको थियो ।

बैठकमा आगामी दिनमा संसद्‍मा कांग्रेस कसरी प्रस्तुत हुने, डेङ्गु रोगको रोकथाम, पशुपंक्षीमा लाग्ने लम्की रोगको उपचार, मानिसमा आँखा पाक्ने रोगको उपचारबारेमा सरकारको ध्यानाकर्षण गराइने जनाइएको छ ।

बैठकका एजेन्डा बिहीबारको कांग्रेस संसदीय दलको कार्यसमिति बैठकले तय गरेको थियो ।