कोशी प्रदेशको स्वास्थ्यमन्त्रीमा पुनः निर्मला लिम्बू
काठमाडौं । कोशी प्रदेशको स्वास्थ्यमन्त्री पुनः निर्मला लिम्बू बनेकी छन् ।
जनता समाजवादी पार्टी (जसपा) बाट एकमात्र सांसद रहेकी लिम्बू स्वास्थ्य मन्त्री बनेकी हुन् । उनले प्रदेश प्रमुख परशुराम खापुङ समक्ष शुक्रवार पद तथा गोपनीयताको शपथ लिएकी छन् ।
लिम्बु तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारमा पनि स्वास्थ्य मन्त्री थिइन् । गत जेठ १७ मा उनले पदबाट राजीनामा दिएकी थिइन् ।
जसपाले पहिचान पक्षधरको माग सम्बोधन नभएसम्म सरकारमा नजाने अडान राखेको थियो । तर मुख्यमन्त्री थापाले पहिचानको आन्दोलनलाई सम्बोधन गर्ने प्रतिबद्धता जनाएसँगै जसपा सरकारमा सहभागी हुन तयार भएको हो ।
मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिनुअघि गठबन्धन दलबाट एक–एकजना मन्त्री हुने पूर्व सहमतिअनुसार जसपाकी लिम्बूलाई नियुक्त गरेका हुन् ।
यसअघि थापाले कांग्रेसका प्रदीप सुनुवार, माओवादी केन्द्रका बाबुराम गौतम र एकीकृत समाजवादीका कमल जवेगुलाई मन्त्री बनाइसकेका छन् ।
ताजा अपडेट
-
नेपालले जित्यो एसियन गेम्स क्रिकेट छनोटको उपाधि
-
वीरगन्जका मेयर राजेशमान सिंहसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
-
चरम आर्थिक संकटमा उदयपुर सिमेन्ट उद्योग
-
विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन
-
‘इरानलाई आणविक हतियारबाट रोक्न कारबाही आवश्यक थियो’ : राष्ट्रपति ट्रम्प


प्रतिक्रिया