NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

अत्याधिक मह सेवन गर्दा के हुन्छ ?

काठमाडौं । महमा अधिक पोषक तत्व पाइन्छ । यसले कतिपय रोगसँग लड्नको लागि मद्दत गर्दछ । किनकी यसमा एन्टिअक्सिडेन्टको मात्रा धेरै हुन्छ, जसले संक्रमण नास गर्दछ । वजन कम गर्नका लागि चिकित्सकले पनि मह सेवनको सल्लाह दिने गर्दछ्न् । तर यसको सीमित भन्दा बढी सेवन घातक हुन जान्छ । जसको बारेमा आज हामी चर्चा गदैछौँ ।

– दैनिक रुपमा आवश्यक भन्दा बढी मह सेवन गर्नाले वजन घट्नुका साथै झनै बढ्न सक्छ । किनकी यसमा सुगर र काब्र्सको मात्रा पर्याप्त मात्रामा हुने गर्दछ । यसैले यसको सीमित मात्रामा सेवन गर्नु बुद्धिमानी हुन्छ ।

– महको गुण गर्मी हुन्छ । जो, व्यक्तिले चिनीको सट्टा पनि महको प्रयोग गर्ने गर्छ, त्यस्तो व्यक्तिहरुलाई पाचनमा समस्या देखिन्छ । पेट दुख्ने समस्या पनि निम्त्याउन सक्दछ ।

– महको अधिक सेवनले ब्लड सुगर लेवल तीव्र रुपमा बढाउँछ । यसले डाइबेटिज अर्थात् चिनी रोगको खतरा देखिन्छ । त्यसैले हर खानेकुरामा महको प्रयोग गर्नु राम्रो होइन ।

– महको अत्यधिक सेवनले हाइपरटेन्सनको समस्या देखिन्छ । त्यस्तै आवश्यक भन्दा बढी मात्रामा महको सेवनले एलर्जी पनि निम्त्याउँछ । महमा पाइने एन्टिअक्सिडेन्टले उच्च रक्तचाप सन्तुलित गर्दछ । तर, अत्यधिक सेवनले बान्ता हुने समस्या हुन्छ ।

ताजा अपडेट

नेपालवाच विशेष