सुन तस्करी प्रकरण: विमानस्थलबाट समातिएका दुई चिनियाँ नागरिक थुनामुक्त

काठमाडौं । क्विन्टल सुन तस्करी प्रकरणमा संलग्न रहेको आशंकामा शुक्रबार बिहान विमानस्थलबाट पक्राउ परेका दुई जना चिनियाँ नागरिक थुनामुक्त भएका छन् । चिनियाँ नागरिकहरू ली जियालिङ र लिउ फुयान शुक्रबार नै रिहा भएको प्रहरी प्रवक्ता कुबेर कडायतले बताए ।
राजश्व अनुसन्धान विभागको अनुरोधमा अध्यागमनले उनीहरूलाई कालोसूचीमा राखेको थियो । विभागले गरेको पत्राचारका आधारमा पक्राउ परेका उनीहरुलाई थुनामा राख्नुपर्ने कारण नदेखिएकाले चाहिएका बेला उपस्थित हुने गरी छोडिएको प्रवक्ता कडायतले बताए ।
यसअघि भेपमा लुकाएर ल्याएको भनिएको १० किलो सुन तस्करीमा ली र लुई नाम गरेका चिनियाँ नागरिकको संलग्नताको आशंका गरिएको थियो । क्विन्टल सुन तस्करीमा पनि उनीहरूको संलग्नता रहेको हुनसक्ने आशंका गरी राजश्व अनुसन्धान विभागले ती नामहरूलाई राडारमा राखेको थियो । मिल्दोजुल्दो नाम आएपछि अध्यागमन विभागले उनीहरूलाई नियन्त्रणमा लिएको थियो ।
ताजा अपडेट
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
-
असार १५ गतेसम्ममा शिक्षा विधेयक पास हुन्छ : शिक्षामन्त्री पन्त
प्रतिक्रिया