अर्की केन्द्रीय सदस्यले पनि छाडिन् माधवको साथ, एमाले प्रवेश
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) बाट नेता तथा कार्यकर्ता पुरानो घर एमाले फर्कंने क्रम तीव्र बनेको छ । यसै सिलसिलामा अर्की एक वैकल्पिक केन्द्रीय सदस्य पनि एकीकृत समाजवादी परित्याग गरेर एमाले प्रवेश गरेकी छन् ।
नेकपा एसकी वैकल्पिक केन्द्रीय सदस्य कमला तुलाधर समाजवादी त्यागेर एमाले फर्किएकी हुन् । उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो निवास बालकोटमा शनिबार खादा लगाएर एमालेमा प्रवेश गराए ।
गत मंसिरमा सम्पन्न प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनपछि माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीलाई नेता तथा कार्यकर्ता जोगाउन चुनौती बन्दै गएको छ । हालसम्म सो पार्टीका ३ पदाधिकारी र ३१ जना केन्द्रीय सदस्य एमाले फर्किसकेका छन् । त्यस्तै, १४ जिल्लाका अध्यक्षहरू पनि पुरानै घर एमालेमा ओत लागेका छन् ।
ताजा अपडेट
-
टीकाका दिन मौसम सफा रहने, केही स्थानमा हल्का वर्षाको सम्भावना
-
भ्रष्टाचार र कुशासन हटाउन एकजुट हुन प्रधानमन्त्री शाहको आह्वान
-
रसुवा र नुवाकोटका धार्मिक तथा पर्यटकीय क्षेत्र भ्रमणका लागि सुरक्षित
-
बडा दशैंको मुख्य दिन आज, उत्तम साइत बिहान १०ः२६ बजे
-
दशैंको उपहारः भूमिहीनलाई जग्गाधनी प्रमाणपुर्जा


प्रतिक्रिया