तीन दिन अति भारी वर्षाको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आगामी तीन भारीदेखि अति भारी वर्षाको सम्भावना औंल्याएको छ । महाशाखाले आगामी तीन दिनको मौसमी पूर्वानुमान सार्वजनिक गर्दै विभिन्न प्रदेशमा आगामी तीन दिन अति भारी वर्षाको आँकलन गरेको हो ।
महाशाखाका अनुसार, मनसुन र भारतमा रहेको न्यून चापीय प्रणालीको असरका कारण अहिले कोशी, बागमती, लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको छ । दिउँसोको समयमा सातै प्रदेशमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ । यो क्रम राति पनि यथावत् रहनेछ ।
भारी तथा अति भारी वर्षाले नदीको जल सतह बढ्ने, ग्रेगान बहाव, बाढी, पहिरो, भूक्षयजस्ता प्रकोप आउनसक्ने भन्दै महाशाखाले जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुनसक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।
‘देशका अधिकांश स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका थोरै स्थानहरू साथै बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन, चट्याङ्गसहित भारीदेखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ। साथै सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको छ। यसका कारण नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भूक्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ,’ महाशाखाले आगामी २४ घण्टाको चेतावनी तथा परामर्श सार्वजनिक गर्दै भनेको छ ।
महाशाखाका अनुसार सोमबार पनि सातै प्रदेशमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना छ । मंगलबार भने आंशिकदेखि सामान्य बदली रही केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको जोखिम छ । राति कोशी, मधेस र बागमती प्रदेशका एक–दुई स्थानमा मेघ, गर्जन र चट्याङसहित भारी वर्षा हुनसक्छ ।
तीन दिनभन्दा बाहेकको मौसमी अवस्थाबारे भने महाशाखाले केही उल्लेख गरेको छैन । हाल नेपालमा तीन दिनको मात्र मौसमी पूर्वानुमान गर्ने प्रविधि छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया