मन्त्रिपरिषद् हेरफेर हुँदै, माओवादीबाट कसले पाउँलान् बिदा ?
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू नेतृत्वको मन्त्रिपरिषद् सदस्य हेरफेरको तयारी गरेका छन् ।
प्रचण्ड नेतृत्वको सरकारमा यसअघि नै सहभागी भएर बीचमा बाहिरिएको जनमत पार्टीलाई समावेश गर्न प्रचण्डले मन्त्रिपरिषद् हेरफेरको तयारी गरेका हुन् ।
स्रोतका अनुसार, प्रचण्डले जनमत पार्टीकी सांसद अनिता देवी साहलाई मन्त्री बनाउने तयारी गरेका छन् । जनमतले यसअघि नै उनलाई सरकारमा पठाउने निर्णय गरिसकेको छ ।
माओवादीबाट को हुँदैछन् बिदा ?
प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद् अहिले नै २५ सदस्यीय अर्थात् पूर्ण छ । जनमतलाई सरकारमा सामेल गराउन अहिले मन्त्री रहेकामध्ये कसैलाई जिम्मेवारीबाट मुक्त गर्नुपर्छ ।
स्रोतका अनुसार, अहिले नै आफ्नो मन्त्रिपरिषद् २५ सदस्यीय रहेकाले प्रधानमन्त्री प्रचण्डले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदी वा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीमध्ये एकलाई मन्त्रीबाट बिदा गर्ने तयारी गरेका छन् । यसअघि मन्त्रिपरिषद् विस्तारको तयारी हुँदा पनि यी दुईमध्ये एकलाई बिदा गर्ने तयारी गरिएको थियो ।
ताजा अपडेट
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन
-
एनटी फाइबरको सस्तो इन्टरनेट प्याकेजमा आकर्षण, ग्राहकले अब अनलाइनबाट पनि सेवा लिन सक्ने


प्रतिक्रिया