NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ३ गते

सरकारको संरक्षणमा तस्करी धन्दा मौलायो : एमाले

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारकै संरक्षणमा तस्करी मौलाएको बताएको छ । केन्द्रीय कार्यालयमा विशेष पत्रकार सम्मेलन गर्दै एमालेले सुन प्रकरणको विषयमा छानबिन गर्न समिति गठन गर्नुपर्ने बताएको हो ।

पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पार्टीको वक्तव्य वाचन गर्दै भ्रष्टाचार र तस्करीमा सरकारकै नेतृत्व मुछिएको आरोप लगाए ।

‘सुन प्रकरण र चर्चामा रहेका सबै भ्रष्टाचार, अनियमितता र घोटालाहरूको निष्पक्ष छानबिन हुनुपर्छ । तस्करी र राज्यको साधन स्रोतको दोहन गर्ने अपराधीहरूलाई कानुनको कठघरामा उभ्याउनुपर्छ भन्नेमा स्पष्ट छौं । यसका लागि निरन्तर प्रयत्नशील छौं । वर्तमान सरकार राष्ट्रियहितको रक्षा गर्न पूर्णतः असफल भएको छ । सरकार टिकाउन जस्तो सुकै शक्तिसँग जस्तोसुकै सम्झौता गर्न तयार हुने सरकारले आगामी दिनमा मुलुकलाई झनै जोखिमतिर धकेल्ने टड्कारो छ,’ एमालेले भनेको छ ।

एमालेले उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग गरेको छ । समिति गठन नभएसम्म दबाबमूलक कार्यक्रम गर्ने पार्टीको नीति रहेको गौतमले बताए ।