कांग्रेस संसदीय दल बैठक : सुनिल शर्मालाई पक्राउ गरिएको विषयमा कोइराला र खतिवडाले के भने ?
काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसको संसदीय दलको बैठक जारी छ । बैठकमा सांसदहरुले बिभिन्न विषयमा टिप्पणी गरेका छन् ।
जारी दलको बैठकमा सरकार, सुन तस्करी प्रकरण र सांसद सुनिल शर्मालाई पक्राउ गरिएको विषयमा सांसदहरुले बोलेका छन् ।
बैठकमा सांसद डा. शेखर कोइरालाले सरकारले प्रतिशोधको भावनामा पार्टीका नेतालाई अपहरणको शैलीमा पक्राउ गरेको बताएका छन् ।
यस्तै सांसद रामहरि खतिवडाले पनि शर्माको पक्राउको विषयलाई लिएर बोलेका छन् । उनले सुन प्रकरणमा आवाज रोक्नका लागि पार्टीका सांसद शर्मालाई पक्राउ गरेको दाबी गरेका छन् ।
उनले आफुहरु पनि सरकारमै भएको भएपनि गृहमन्त्रीले तर्साउन खोजेको बताए । बिहीबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले शर्मालाई शैक्षिक प्रमाणपत्र किर्ते गरेको आरोपमा पक्राउ गरेको थियो ।
तर शुक्रबार अदालतमा उपस्थित गराइएका शर्मालाई थुनाबाहिरै राखेर अनुसन्धानन अघि बढाउने गरी जिल्ला अदालत काठमाडौंले आदेश दिएपछि हिरासत मुक्त भएको थिए । यस विषमा कांग्रेस नेताहरुले विरोध जनाउदै आएका थिए ।
कांग्रेस नेताहरुले भने उनलाई सुन तस्करी प्रकरणमा बोलेकै भरमा आवाज दबाउनका लागि पक्राउ गरिएको बताउँदै आएका थिए ।
ताजा अपडेट
-
टीकाका दिन मौसम सफा रहने, केही स्थानमा हल्का वर्षाको सम्भावना
-
भ्रष्टाचार र कुशासन हटाउन एकजुट हुन प्रधानमन्त्री शाहको आह्वान
-
रसुवा र नुवाकोटका धार्मिक तथा पर्यटकीय क्षेत्र भ्रमणका लागि सुरक्षित
-
बडा दशैंको मुख्य दिन आज, उत्तम साइत बिहान १०ः२६ बजे
-
दशैंको उपहारः भूमिहीनलाई जग्गाधनी प्रमाणपुर्जा


प्रतिक्रिया