कांग्रेस संसदीय दल बैठक : सुनिल शर्मालाई पक्राउ गरिएको विषयमा कोइराला र खतिवडाले के भने ?
काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसको संसदीय दलको बैठक जारी छ । बैठकमा सांसदहरुले बिभिन्न विषयमा टिप्पणी गरेका छन् ।
जारी दलको बैठकमा सरकार, सुन तस्करी प्रकरण र सांसद सुनिल शर्मालाई पक्राउ गरिएको विषयमा सांसदहरुले बोलेका छन् ।
बैठकमा सांसद डा. शेखर कोइरालाले सरकारले प्रतिशोधको भावनामा पार्टीका नेतालाई अपहरणको शैलीमा पक्राउ गरेको बताएका छन् ।
यस्तै सांसद रामहरि खतिवडाले पनि शर्माको पक्राउको विषयलाई लिएर बोलेका छन् । उनले सुन प्रकरणमा आवाज रोक्नका लागि पार्टीका सांसद शर्मालाई पक्राउ गरेको दाबी गरेका छन् ।
उनले आफुहरु पनि सरकारमै भएको भएपनि गृहमन्त्रीले तर्साउन खोजेको बताए । बिहीबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले शर्मालाई शैक्षिक प्रमाणपत्र किर्ते गरेको आरोपमा पक्राउ गरेको थियो ।
तर शुक्रबार अदालतमा उपस्थित गराइएका शर्मालाई थुनाबाहिरै राखेर अनुसन्धानन अघि बढाउने गरी जिल्ला अदालत काठमाडौंले आदेश दिएपछि हिरासत मुक्त भएको थिए । यस विषमा कांग्रेस नेताहरुले विरोध जनाउदै आएका थिए ।
कांग्रेस नेताहरुले भने उनलाई सुन तस्करी प्रकरणमा बोलेकै भरमा आवाज दबाउनका लागि पक्राउ गरिएको बताउँदै आएका थिए ।
ताजा अपडेट
-
नेपालले जित्यो एसियन गेम्स क्रिकेट छनोटको उपाधि
-
वीरगन्जका मेयर राजेशमान सिंहसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
-
चरम आर्थिक संकटमा उदयपुर सिमेन्ट उद्योग
-
विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन
-
‘इरानलाई आणविक हतियारबाट रोक्न कारबाही आवश्यक थियो’ : राष्ट्रपति ट्रम्प


प्रतिक्रिया