NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ३ गते

सुन प्रकरणमा मेरो संलग्नता भएको प्रमाण ल्याए अहिले नै पद छोड्छु : अर्थमन्त्री महत

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले सुन प्रकरणमा आफ्नो संलग्नता रहेको प्रमाण ल्याउन चुनौति दिएका छन् ।

आइतबार बसेको कांग्रेस संसदीय दलको बैठकमा महतले सुन प्रकरणमा आफ्नो संलग्नता देखिएको प्रमाण ल्याए अहिले नै पद छाड्ने बताएका छन् ।

अर्थमन्त्री डा. महतले पार्टीकै सांसदले आफूलाई लाञ्छित गरेको भन्दै असन्तुष्टि जनाए । यदि प्रतिक्रिया दिंदै जाने हो भने धेरैका बारेमा धेरै कुरा आफूले पनि भन्न सक्ने उनले बताए ।

सुनील शर्मामाथि खनिएका उनले भने, ‘मलाई लठ्ठु, बेकामे मान्छे भनियो । कसले भन्यो, किन भनियो म भन्दिनँ । पार्टीमा अनुशासन, मर्यादा छैन ?,’ महतले भने ।

शर्माले १० साउनको प्रतिनिधिसभा बैठक र सार्वजनिक मञ्चहरुमा सुन तस्करीमा अर्थमन्त्री र गृहमन्त्रीको संलग्नता रहेको भन्दै राजीनामा दिनुपर्ने माग गर्दै आएका थिए ।