NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ३ गते

राहुल महराले भने- चरित्र हत्या गर्ने र राजनीतिक जीवन नै सिध्याउने खेल भयो

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता कृष्ण बहादुर महाराका छोरा हुन्, राहुल महरा । विद्युतीय चुरोट (भेप) मा लुकाएर ल्याइएको नौ किलो सुन तस्करीमा प्रक्ररणमा अहिले महरा बाबुछोराको नाम पनि मुछिएको छ ।

पूर्वसभामुखसमेत रहेका माओवादी उपाध्यक्ष महरा र छोरा संलग्न रहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र जिल्ला सरकारी वकिल कार्यालयले किटानी गरेका छन् । अहिले क्वीन्टल सुन प्रकरण चर्चामा छ ।

सरकारको नेतृत्व माओवादीले गरिरहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल र गृहमन्त्री नारायाणकाजी श्रेष्ठ छन् । भेप सुन प्रकरणमा महरा बाबु छोरामाथी अनुसन्धान नगरेको र कारवाही नगरेको भन्दै आरोप लागिरहेको छ । तर यता राहुल भने सञ्चारमाध्याम माथी खनिएका छन् ।

उनले सञ्चारमाध्याममा बारम्बार आइरहेका आरोपहरुप्रति गम्भीर आपत्तिसहित दुःख व्यक्त गरेका छन् । पुष्टि नभएको र प्रहरीले अनुसन्धान गरिरहेको विषयमा बारम्बार एकोहोरो आरोप लगाएर सञ्चारमाध्यामले चरित्र हत्या गर्ने र राजनीतिक जीवन नै सिध्याउन खोजेको उल्लेख गरेका छन् ।

सामाजिक सञ्जाल फेशबुकमा उनले लेखेका छन्, ‘हाम्रो विषयमा केही दिनयता विभिन्न सञ्चारमाध्याममा बारम्बार आइरहेका आरोपहरुप्रति गम्भीर आपत्तिसहित दुःख व्यक्त गर्दछौं । पुष्टि नभएको र प्रहरीले अनुसन्धान गरिरहेको विषयमा बारम्बार एकोहोरो आरोप लगाएर चरित्र हत्या गर्ने र राजनीतिक जीवन नै सिध्याउन खोज्ने गलत कार्यको भत्र्सना गर्दछौं ।’

उनले संचार माध्याम न्यायालय बन्न खोजेको समेत भनेका छन् । ‘सञ्चारमाध्यामले पुष्टि नभएको विषयमा बारम्बार आरोप लगाएर जबर्जस्त पुष्टि गराउन खोज्नु गलत मात्र होइन, आफै न्यायालय बन्न खोज्नु हो । संचारमाध्यम बाट एकहोरो आक्रमण हुनु को पछाडी हामीले बुझ्न सकेका छैनौ,’ राहुलले भनेका छन् ।