संसदीय दलको बैठकमा महामन्त्री थापाले भने- महराबारे प्रहरीले भन्नुपर्छ
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा र उनका छोरामाथि प्रहरीले अनुसन्धान गर्नुपर्ने बताएका छन् ।
महामन्त्री थापाले आइतबार माओवादी पदाधिकारी बैठकमा यस विषयमा छलफल भएको भन्दै यो विषय माओवादीले स्पष्ट गरेर मात्र नहुने भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यरो (सीबीआई)लाई नै अनुसन्धान गर्न दिनुपर्ने बताए ।
संसदीय दलको बैठकमा सोमबार धारणा राख्दै महामन्त्री थापाले यो कुरा पार्टीको बैठकले भन्ने नभई सीआईबीले छानबिन गरेर प्रष्ट पार्नुपर्ने बताए । उनले सुन तस्करी प्रकरणमा सरकारको निकायले छानबिन गर्नुपर्ने उल्लेख गरे । थापाले भने, ‘राज्यका संस्थालाई हामीले अविश्वास गर्नुहुँदैन ।’
इलेक्ट्रिक चुरोट (भेप) मा लुकाएर सुन ल्याएको आरोप लागेका चिनियाँ नागरिकसँग महरा र उनका छोराको पटक पटक टेलिफोन कुराकानी भएको पाइएको थियो ।
सीआईबीले जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको प्रतिवेदनमा महरा बाबुछोराको नाम उल्लेख भए पनि प्रहरीले उनीहरुमााथि अनुसन्धान गरेको छैन ।
महामन्त्री थापाले सबै ठूला भ्रष्ट्राचार र अनियमितता प्रकरणमाथि पनि अनुसन्धान गरिनुपर्नेमा पनि जोड दिए ।
‘हाम्रो स्मृतिमा रहेका जति पनि ठूला काण्डहरु छन्, ती सबैको फाइल खोलौं, अनुसन्धान गर्दा निर्दोषमाथि अन्याय नहोस्, तर दोषी छ भने जुनसुकै दलको होस्, नेता होस्, नाता होस्, सांसद होस् मन्त्री होस् कसैले पनि छुट पाउनु हुँदैन,’ थापाले भने ।
ताजा अपडेट
-
नेपालले जित्यो एसियन गेम्स क्रिकेट छनोटको उपाधि
-
वीरगन्जका मेयर राजेशमान सिंहसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
-
चरम आर्थिक संकटमा उदयपुर सिमेन्ट उद्योग
-
विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन
-
‘इरानलाई आणविक हतियारबाट रोक्न कारबाही आवश्यक थियो’ : राष्ट्रपति ट्रम्प


प्रतिक्रिया