NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

‘बिग बोस ओटिटी २’ को बिजेता बने एल्विश, रचे नयाँ इतिहास

काठमाडौं । चर्चित भारतीय रियालिटी सो ‘बिग बोस ओटिटी २’ को ट्रफी एल्विश यादवले जितेका छन् । उनको यो जितसँगै बिग बोसको अहिलेसम्मको यात्रामा नयाँ रेकर्ड कायम भएको छ ।

बिग बोसको १६ वर्षको इतिहासमा वाइल्ड कार्डमार्फत इन्ट्री गरेका सहभागीले ट्रफी जितेको यो पहिलो रेकर्ड हो । शो मा इन्ट्री गरेपश्चात नै एल्विशले बिग बोगको घरमा र प्रशंसको मनमा ठाउँ बनाउन सफल भएका थिए । जितसँगै एल्विशले २५ लाख नगद पुरस्कार पनि जितेका छन् । फाइनलमा एल्विशसँगै अभिषेक मल्हान पुगेका थिए ।

को हुन् एल्विश ?
२४ वर्षीय एल्विश पेशाले युट्युवरका साथै सोशल मिडिया इन्फ्लुएन्सर हुन् । हरियणा गुरुग्रामका एल्विशले सन् २०१६ मा युट्युबरको यात्रा सुरु गरेका थिए । युट्युबमा उनको तीन वटा च्यानल छ र हरेक च्यानलमा सस्क्राइबर मिलियन्समा छन् ।

भारतीय मिडियामा उल्लेख भए अनुसार उनी युट्युबबाट हरेक महिना ८ देखि १० लाख कमाउँछन् । यसका अलवा उनी एनजीओ र क्लोदिंग ब्राण्ड पनि सञ्चालन गदै आएका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष