‘बिग बोस ओटिटी २’ को बिजेता बने एल्विश, रचे नयाँ इतिहास
काठमाडौं । चर्चित भारतीय रियालिटी सो ‘बिग बोस ओटिटी २’ को ट्रफी एल्विश यादवले जितेका छन् । उनको यो जितसँगै बिग बोसको अहिलेसम्मको यात्रामा नयाँ रेकर्ड कायम भएको छ ।
बिग बोसको १६ वर्षको इतिहासमा वाइल्ड कार्डमार्फत इन्ट्री गरेका सहभागीले ट्रफी जितेको यो पहिलो रेकर्ड हो । शो मा इन्ट्री गरेपश्चात नै एल्विशले बिग बोगको घरमा र प्रशंसको मनमा ठाउँ बनाउन सफल भएका थिए । जितसँगै एल्विशले २५ लाख नगद पुरस्कार पनि जितेका छन् । फाइनलमा एल्विशसँगै अभिषेक मल्हान पुगेका थिए ।
को हुन् एल्विश ?
२४ वर्षीय एल्विश पेशाले युट्युवरका साथै सोशल मिडिया इन्फ्लुएन्सर हुन् । हरियणा गुरुग्रामका एल्विशले सन् २०१६ मा युट्युबरको यात्रा सुरु गरेका थिए । युट्युबमा उनको तीन वटा च्यानल छ र हरेक च्यानलमा सस्क्राइबर मिलियन्समा छन् ।
भारतीय मिडियामा उल्लेख भए अनुसार उनी युट्युबबाट हरेक महिना ८ देखि १० लाख कमाउँछन् । यसका अलवा उनी एनजीओ र क्लोदिंग ब्राण्ड पनि सञ्चालन गदै आएका छन् ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया