NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ३ गते

पार्टीका कार्यक्रममा खर्च कम गरौँ: सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीका कार्यक्रम कम खर्चमा गर्नु पर्ने बताएका छन् ।

काठमाडौंको नयाँ बानेश्वरमा एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले कार्यक्रम गर्दा खर्च धेरै हुने तर त्यसको परिणाम नआउने गरेको बताए ।

सिंहले जनतामा भिज्ने गरी पार्टीका कार्यक्रममा सक्रिय हुनुपर्ने बताए । ‘माछा जसरी पानीमा रमाउँछ, त्यसैगरी हामी जनतामा भिज्नुपर्यो,’ उनले भने ।