NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ३ गते

पत्रकार सरिताश्री ज्ञवाली जनमत पार्टीमा प्रवेश

काठमाडौं । पत्रकार सरिताश्री ज्ञवाली सिके राउत नेतृत्वको जनमत पार्टीमा प्रवेश गरेकी छन् ।

लामो समयदेखि पत्रकारितामा क्रियाशील पत्रकार ज्ञवाली जनमत पार्टीमा प्रवेश गरेको पार्टीका नेता शरद सिंह यादवले जानकारी दिए ।

यादवले समाजिक सञ्जाल फेशबुकमा ज्ञवालीलाई पार्टी अध्यक्ष राउतले सदस्यता दिँदै गरेको फोटो सार्वजनिक गर्दै उनी पार्टी प्रवेश गरेको बताएका छन् ।

ज्ञवालीसँग नेपाल टेलिभिजन, कान्तिपुर टेलिभिजन, एपीवान टिभीमा काम गरेको अनुभव छ ।

अहिले उनी ग्यालेक्सी फोरके टिभीमा ‘दिस मर्निङ लाइभ’ कार्यक्रमकी प्रस्तोता हुन् ।

ज्ञवालीलाई पत्रकारिता क्षेत्रबाट महत्वपूर्ण योगदान पु¥याएबापत प्रेस काउन्सिल महिला सशक्तिकरण पत्रकारिता पुरस्कार, २०७९ प्रदान गरेको थियो । उनी मिस युनिभर्स नेपालकी जजसमेत हुन् ।