संसद विघटन ठीक ठानेर गर्यौं, नगरी नहुने थियो : ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फेरि पनि आफुले गरेको संसद विघटन सहि रहेको बताएका छन् । ओलीले आफुले ठिक ठानेर नै संसद विघटन गरेको बताए ।
काठमाडौंको जोरपाटीमा बागमती प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षणमा बोल्दै ओलीले २०७७ पुस ५ गते संसद् विघटन नगरेको भए पार्टी ध्वस्त हुने बताए ।
‘हामीले पुस ५ गते संसद् विघटनको सिफारिस ग¥यौं । हामीले ठीक ठानेर ग¥यौं। ठीक भनेर ग¥यौं। ठीक थियो र ग¥यौं। नगरी नहुने थियो र ग¥यौं । विलकुलै समसामयिक कदम चाल्यौं,’ उनले भने, ‘यो नगरेको भए हाम्रो आन्दोलन ध्वस्त हुन्थ्यो । ध्वस्त पार्ने षड्यन्त्र भएको थियो,’ उनले भने, ‘हामीलाई झुन्ड्याउन जुन डोरी उनीहरूले तयार गरेका थिए। त्यसलाई हामीले छिनालिदियौं । पुस ५ गतेको कदम भनेको त्यही हो । हामीलाई मार्न जुन डोरी बनाएका थिए, त्यो डोरी हामीहरूले काटिदियौं ।’
यसअघि पनि आलीले आफुले गरेको संसद विघटन सहि रहेको बताउँदै आएका थिए । तर तत्कालिन प्रधानमन्त्री रहेको ओलीले २०७७ पुस ५ गते गरेको संसद विघटनलाई सर्वोच्च अदालतले पुनःस्थापना गरेको थियो ।
ताजा अपडेट
-
नेपालले जित्यो एसियन गेम्स क्रिकेट छनोटको उपाधि
-
वीरगन्जका मेयर राजेशमान सिंहसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
-
चरम आर्थिक संकटमा उदयपुर सिमेन्ट उद्योग
-
विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन
-
‘इरानलाई आणविक हतियारबाट रोक्न कारबाही आवश्यक थियो’ : राष्ट्रपति ट्रम्प


प्रतिक्रिया