अल हिलालमा औपचारिक रूपमै अनुबन्धित भए नेयमार

काठमाडौं । ब्राजिलियन स्टार फुटबलर नेयमार औपचारिक रूपमा साउदी अरबको फुटबल क्लब अल हिलालमा अनुबन्धित भएका छन् ।
वार्षिक ३ सय मिलियन डलर पाउने गरी नेयरमारलाई अनुबन्धित गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । नेयमारले यो क्लबाट आगामी तीन वर्षसम्म खेल्नेछन् ।
नेयमारले अल हिलालसँग गरेको सम्झौता रकम अहिलेसम्मकै धेरै हो । यसअघि सन् २०१७ मा पिएसजीमा अनुबन्धित हुँदा उनले २ सय मिलियन पाउन्डमा सम्झौता गरेका थिए ।
प्रतिक्रिया