NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

मेस्सीको कप्तानीमा मियामी पहिलो पटक फाइनलमा

काठमाडौं । अर्जेन्टिनाका स्टार फुटबलर लियोनेल मेस्सीको कप्तानीमा रहेको इन्टर मियामी लिग कपको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार सम्पन्न खेलमा फिलफोडियालाई ४–१ गोलान्तरमा पराजित गर्दै मियामीले फाइनल यात्रा तय गरेको हो ।

आफ्नो पुरानै लय कायम राख्न सफल मेस्सीले छैटौं खेलमा मियामीका लागि १ गोल गरे । त्यसैगरी, जोसेफ मार्टिनेज, जोर्डी अल्बा र डेविड रुइजले समान १–१ गोल गरे ।

योसँगै मियामी क्लब इतिहासमै पहिलो पटक फाइनल प्रवेश गरेको छ ।

अब मायमीले नाशभिल र मोन्टरेमध्ये एकसँग फाइनल खेल्नेछ । फाइनल खेल आगामी शनिबारका लागि तय छ ।