मण्डललाई राज्यमन्त्री बनाएर मुख्यमन्त्रीले कांग्रेसको बेइजत गर्नुभो: कार्की
काठमाडौं । नेपाली कांग्रेसका कोशी प्रदेश सभा सदस्य गयानन्द मण्डललाई राज्यमन्त्री नियुक्त गरिएपछि कांग्रेस भित्रै असन्तुष्टी देखिएको छ ।
कांग्रेस कोशी प्रदेश सभा सदस्य केदार कार्कीले मण्डललाई राज्यमन्त्री बनाइएकोमा असन्तुष्टी जनाएका छन् । प्रदेशसभाका जेष्ठ सदस्यसमेत रहेका मण्डललाई मुख्यमन्त्री उद्धव थापाले राज्यमन्त्री नियक्तु गरेर कांग्रेसकै बेइजत गरेको आरोप लगाए ।
नेपालवाचसंग कुरा गर्दै कार्कीले मण्डल मुख्यमन्त्री थापा भन्दा पनि वरिष्ठ व्यक्ती भएको भन्दै राज्यमन्त्री बनाइनुले कांग्रेसकै बेइजत भएको बताए ।
‘उहाँ नेपाली कांग्रेसको पुरानो नेता हो । उहाँ मन्त्री बन्ने कुरामा दुई मत हुँदैन । प्रदेश सभाको जेष्ठ सदस्य नभए पनि मन्त्री हुनु पर्ने मान्छे हो,’ कार्कीले भने, ‘तर मुख्यमन्त्रीले उहाँलाई राज्यमन्त्री बनाएर नेपाली कांग्रेस र संसदीय दल बेइजत गर्नुभयो । उहाँले प्रदेश सभामा सभामुखको भूमिका पनि निर्वाह गरिसक्नु भयो । उहाँ त्यसै पनि मुख्यमन्त्री भन्दा सिनियर मान्छे हो । त्यसरी हेर्दा त उहाँ नै मुख्यमन्त्री हुने मान्छे पनि हो नी ।’
कार्की मोरङ क्षेत्र नं. ६ को २ बाट विजयी सांसद हुन् । उनी यसअघि प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्री बनेका थिए ।
मण्डल भने मोरङ क्षेत्र नं. ५ को १ बाट विजयी सांसद हुन् । उनले आजै कोशी प्रदेशको उद्योग, कृषि तथा सहकारी राज्यमन्त्रीको शपथ लिएका छन् । मुख्यमन्त्री थापाले मण्डललाई आज कृषि राज्यमन्त्री नियुक्त गरेका हुन् । मण्डल ८० वर्षका हुन् ।
ताजा अपडेट
-
नेपालले जित्यो एसियन गेम्स क्रिकेट छनोटको उपाधि
-
वीरगन्जका मेयर राजेशमान सिंहसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
-
चरम आर्थिक संकटमा उदयपुर सिमेन्ट उद्योग
-
विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन
-
‘इरानलाई आणविक हतियारबाट रोक्न कारबाही आवश्यक थियो’ : राष्ट्रपति ट्रम्प


प्रतिक्रिया