NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

संसदको गतिरोध अन्त्य गर्न दलहरुसँगको संवाद तीव्र पार्ने गठबनधनको निर्णय

काठमाडौं । सत्ता गठबन्धनले सदनको अवरोध खुलाउनका लागि राजनीतिक दलहरुसँग संवाद तिव्र पार्ने भएको छ ।

बुधबार वालुवाटारमा बसेको गठबन्धनको बैठकले संसदको जारी अवरोध खुलाउन एमालेसहितका दलहरूसँग संवादको प्रक्रियालाई तीव्रता दिने निर्णय गरेको हो ।

बैठकमा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका साथै उपप्रधानमन्त्रीद्वय पूर्णबहादुर खड्का र नारायणकाजी श्रेष्ठ लगायतका नेताहरू सहभागी थिए ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै साउन १० गतेबाट निरन्तर संसद अवरुद्ध पार्दै आएको छ ।