एमालेका लागि सत्ता चासोको विषय होइनः महासचिब पोखरेल
काठमाडौं । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले अहिले एमालेका लागि सत्ता चासोको विषय नभएको बताएका छन् ।
आज धनगढीमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले जनताका पक्षमा कसरी काम गर्न सकिन्छ भनेर पार्टीले ध्यान केन्द्रित गरेको बताए ।
प्रतिपक्षी एमालेविरुद्ध विचित्रको मनोविज्ञान देखाउने गरिएको चर्चा गर्दै उनले भने, ‘पार्टी र नेतृत्वविरुद्ध चौतर्फी घेराबन्दी र आक्रमण गरिए पनि जनतालाई र राष्ट्रलाई केन्द्रमा राखेर एमाले अगाडि बढिरहेको छ ।’
महासचिव पोखरेलले स्वार्थी तत्वले पार्टी विरुद्ध घेराबन्दी गरिरहेको भए पनि जनता एमालेको पक्षमा रहेको जिकिर गरे ।
ताजा अपडेट
-
टीकाका दिन मौसम सफा रहने, केही स्थानमा हल्का वर्षाको सम्भावना
-
भ्रष्टाचार र कुशासन हटाउन एकजुट हुन प्रधानमन्त्री शाहको आह्वान
-
रसुवा र नुवाकोटका धार्मिक तथा पर्यटकीय क्षेत्र भ्रमणका लागि सुरक्षित
-
बडा दशैंको मुख्य दिन आज, उत्तम साइत बिहान १०ः२६ बजे
-
दशैंको उपहारः भूमिहीनलाई जग्गाधनी प्रमाणपुर्जा


प्रतिक्रिया