NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

नेविसंघको असन्तुष्ट पक्षद्वारा सानेपामा अनसन

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेविसंघको असन्तुष्ट पक्षले पार्टी कार्यालय सानेपामा अनसन सुरु गरेको छ ।

नेविसंघ केन्द्रीय समिति विधानअनुसार समावेशी बनाउनुपर्ने मागसहित गणेशमान शाह र रामजी बस्नेत अनशनमा बसेको नेविसंघका नेता योगेन्द्र रावलले जानकारी दिए ।

केही दिनअघि मात्रै कांग्रेस सभापति शेरबहादुर देउवाले ७ सय १० जनालाई केन्द्रीय सदस्य मनोनित गर्दै केन्द्रीय तदर्थ समिति गठन गरिएको थियो ।

उक्त समिति समावेशी नभएको भन्दै असन्तुष्ट पक्षले विरोधका बिभिन्न कार्यहरु गर्दै आएको छ ।

सोहिअनुसार आजबाट उनिहरुले रिले अनसन सुरु गरेका हुन् । उनीहरुले तदर्थ समिति अवैधानिक भएको आरोप समेत लगाएका छन् ।

विधानअनुसार १५१ सदस्यीय नेविसंघ गठन गरिनुपर्ने माग असन्तुष्ट पक्षको छ ।

उनीहरूले सभापतिसहित महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा, नेता शेखर कोइराला र प्रमुख सचेतक रमेश लेखक लगायतलाई नेविसंघ विधान बुझाउँदै विधानसम्मत समिति गठन गर्न माग गरिरहेका छन् ।

यसअघि सानेपामा नेविसंघका दुई पक्ष आमनेसामने भएका थिए ।

दुजाङ शेर्पा नेतृत्वको ७११ सदस्यीय नेविसंघ र समानान्तर समिति घोषणाका लागि पुगेको नेविसंघ असन्तुष्ट पक्ष कांग्रेस केन्द्रीय कार्यालयअगाडि सडकमा आमनेसामने भएका थिए ।

तर नेविसंघ समानान्तर समिति घोषणा गर्नेहरूलाई कांग्रेसले सानेपास्थित केन्द्रीय कार्यालय प्रवेश गर्न दिएको थिएन ।

May be an image of 15 people, people smiling and temple

May be an image of 2 people and temple

May be an image of 6 people, beard, people smiling and text

तस्विर: योगेन्द्र रावलको फेशबुक