सन्दीपको मुद्दामा आज पनि सुनुवाइ भएन, अदालतले माग्यो पीडितकी आमाको जन्ममिति

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरूद्धको बलात्कारको मुद्दाको सुनुवाइ आज पनि स्थगित भएको छ ।
अदालतले केही कागजातहरू अस्पष्ट भएको भन्दै सुनुवाइ स्थगित गरेको छ ।
पेश भएका कागजातहरू फरक भएको भन्दै बिहीबार न्यायाधीश राजुकुमार खतिवडाको इजलासको सुनुवाइ स्थगित भएको हो ।
अदालतले पीडित गौशाला २६ की आमाको जन्ममिति फरक देखिने कागजात पेश गरिएको जनाएको छ । त्यस्तै पीडितको जन्म दर्ता किताबको विवरणमाथि पनि अदालतले प्रश्न उठाएको छ । यी दुई विवरणहरू स्पष्ट रूपमा बुझाउने आदेश दिँदै अदालतले सुनुवाइ स्थगित गरेको छ ।
क्रिकेटर लामिछानेले नाबालिकलाई बलात्कार गरेको आरोपमाथिको मुद्दा बारे पटक–पटक सुनुवाइ भएपनि फैसला हुन सकेको छैन ।
ताजा अपडेट
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
प्रतिक्रिया