मुगुमा छैन सर्पदंश उपचारको व्यवस्था
मुगु । मुगुमा सर्पदंश उपचारको व्यवस्था नहुँदा सर्पदंशका बिरामीलाई उपचार गर्न समस्या भएको छ ।
पछिल्लो समय तराईमा देखिने विषालु सर्प पहाडमा पनि देखिन थालेको छ । छायाँनाथ रारा नगरपालिका–१२ का कर्णबहादुर बुढाले सर्पदंश उपचारका लागि जिल्ला अस्पताल व्यवस्था नरहेको बताए ।
जिल्ला अस्पताल मुगुका प्रमुख डा कमल ढुङ्गानाले सर्पदंश उपचारका लागि तालिम प्राप्त चिकित्सकको अभाव रहेको बताए । उनले भने “एन्टिस्नेक भेनम र आइसियू र भेन्टिलेटर नहुँदा सर्पदंशका बिरामीको उपचारमा समस्या छ ।
जिल्ला अस्पतालमा आउने सर्पदंशका बिरामीलाई उपचारका लागि जिल्लाभन्दा बाहिर पठाउने गरेको । ” उनका अनुसार हिमाली जिल्लामा विषालु सर्प खासै नहुने भएकाले जिल्ला अस्पतालमा सर्पदंशका बिरामी आउने गरेका छैनन् ।
छायाँनाथ रारा नगरपालिका–४ कि बैदेवी सेजुवालले गत असार महिनामा सर्पले टोक्दा जिल्ला अस्पतालमा सर्पदंशको उपचार नभएपछि झारफुक विधिबाट उपचार गराउनुपरेको गुनासो गरिन् । उनले भनिन् “ जिल्ला अस्पतालमा सर्पदंश उपचारको व्यवस्था गरिनुपर्छ ।”
ताजा अपडेट
-
उपेन्द्र यादबले सरकार छाड्दै, मन्त्रिपरिषद् पुर्नगठनको तयारीमा प्रधानमन्त्री
-
चेन्नईको जितसँगै आइपिएलको ‘प्लेअफ’ समिकरण प्रतिस्पर्धा रोचक बन्दै
-
कलंकी नापीका कर्मचारी भ्रष्टाचारी ठहर
-
विकल पौडेलविरुद्ध ४० करोड भ्रष्टाचारको मुद्दा दायर
-
प्रहरीका उच्च अधिकारीको बढुवा र पदस्थापनमा
प्रतिक्रिया