३ गते विश्वासको मत लिन समय मागेका थापालाई उपसभामुखले दिइन् ४ गते
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उध्दव थापाले भदौ ४ गते विश्वासको मत लिने भएका छन् ।
यसअघि आजै मुख्यमन्त्री थापाले भदौ ३ गते विश्वासको मत लिनका लागि संसद् सचिवालयमा निवेदन दिएका थिए । तर उपसभामुख सिर्जना दनुवारले विश्वासको मत लिनका लागि ४ गते दिउँसो १ बजेका लागि तोकेकी छन् ।
नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम नियुक्त मुख्यमन्त्री उद्धव थापाले धारा १६८ को उपधारा ४ बमोजिम कोशी प्रदेश सभाबाट बिश्वासको मत चाहेकोले मिति २०८०/०५/०३ गतेको कार्यसूचीमा समावेश गर्ने गरी प्रदेशसभा २०७४ पहिलो संशोधन सहित को नियम २ को उपनियम १ र २ बमोजिम विश्वासको मत प्राप्त गर्ने प्रस्तावसम्बन्धी सूचना दिएको छु, यसअघि थापाले संसद सचिवालयमा दिएको निवेदनमा उल्लेख छ ।’
थापा साउन १६ गते दोस्रो पटक मुख्यमन्त्री बनेका थिए । गठबन्धनले प्रस्तुत गरेको ४७ जना सांसदहरूको हस्ताक्षरका आधारमा प्रदेश प्रमुख परशुराम खापुङले उनलाई नियुक्त गरेका थिए ।
त्यसअघि असार २१ मा मुख्यमन्त्री बनेका उनको नियुक्तिलाई सर्वोच्च अदालतले ’नेपालको संविधानबमोजिम प्रतिकूल देखिएको’ भन्दै बदर गर्ने आदेश दिएपछि नयाँ प्रक्रियाबाट उनी दोस्रोपटक मुख्यमन्त्री बनेका हुन् ।
उक्त आदेशमा यसअघि मुख्यमन्त्री बन्ने क्रममा प्रदेश सभाका सभामुखलाई समेत गणना गरिएकोमा सर्वोच्च अदालतले प्रश्न उठाएपछि सभामुखलाई राजीनामा दिन लगाएर नियुक्ति हुनका लागि आवश्यक हस्ताक्षर पु¥याइएको थियो ।
कुल ९३ सदस्यीय कोशी प्रदेश सभामा कांग्रेसको २९, माओवादी केन्द्रको १३, नेकपा (एकीकृत समाजवादी)को चार र जनता समाजवादी पार्टी नेपालको एक सीट जोडेर बहुमतका लागि आवश्यक ४७ मत पु¥याइएको छ ।
अर्कोतर्फ प्रदेश सभामा सबैभन्दा ठूलो दल नेकपा एमालेका ४० र राष्ट्रिय प्रजातन्त्र पार्टीका छ सांसद छन् । दुवैको कुल मत ४६ छ ।
मुख्यमन्त्री थापाले विश्वासको मतपछि गठबन्धन दलहरुबाट थप मन्त्री नियुक्त गरिने र विगतको सरकारले अध्यादेशमार्फत ल्याएको बजेट सदनमा रोकिएमा प्रतिपक्षसँग सहमति कायम गरी पास गराउने बताइसकेका छन् ।
ताजा अपडेट
-
नेपालले जित्यो एसियन गेम्स क्रिकेट छनोटको उपाधि
-
वीरगन्जका मेयर राजेशमान सिंहसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
-
चरम आर्थिक संकटमा उदयपुर सिमेन्ट उद्योग
-
विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन
-
‘इरानलाई आणविक हतियारबाट रोक्न कारबाही आवश्यक थियो’ : राष्ट्रपति ट्रम्प


प्रतिक्रिया