NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ३ गते

नेताहरुको सम्पत्ति छानबिन गर्ने दिशातर्फ सरकार अगाडी बढेको छ : मन्त्री गुरुङ

काठमाडौं । कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले उच्च तहका सबै नेताको सम्पत्ति छानबिन गर्ने दिशातर्फ सरकार अगाडी बढेको बताएका छन् ।

नेपाल निजामति कर्मचारी युनियनको राष्ट्रिय भेला तथा विधान अधिवेशनलाइृ सम्बोधन गर्दै सरकारको नीति तथा कार्यक्रममा लेखिएको यो कुरा कार्यन्वयन गरिने बताए ।

उनले भने ‘सरकारको नीति तथा कार्यक्रममा पनि प्रष्ट लेख्यौँ, उच्च तहका नेताहरु सबैको सम्पत्ति छानबिन गर्नुपर्र्छ भनेर त्यसै लेखेको होइन । देखाउनका लागि लेखेको होइन । यो कार्यान्वयन नै गर्नेे हो । त्यसकारण उच्च तहका नेता सबैको सम्पत्ति छानबिन गर्ने दिशातर्फ अब सरकार अघि बढ्छ ।’