भीमफेदी कारागारले बायो ग्यास उत्पादन गर्ने
मकवानपुर । मकवानपुरको भीमफेदी कारागार व्यवस्थापनले फोहर बायो ग्यास उत्पादन सुरु गर्ने भएको छ ।
कारागारले आगामी असोजको अन्तिम साताबाट बायो ग्यास उत्पादन प्रक्रिया सुरु गर्ने जानकारी दिएको छ । यसका लागि कारागार व्यवस्थापनले बोलपत्र आह्वान गरिसकेको र भदौको तेस्रो सातासम्ममा बोलपत्रलाई स्वीकृत गर्ने लक्ष्य रहेको भीमफेदी कारागारका जेलर तीर्थराज पौडेलले जानकारी दिए ।
बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले भीमफेदी कारागारबाट निस्कने फोहरको सदुपयोग गर्न चालु आर्थिक वर्ष २०८०/८१ मा रु ३० लाख अनुदान रकम उपलब्ध गराइएको छ । बायो ग्यास उत्पादन गर्ने क्रममा विभिन्न उपकरणको खरिद गरी जडान गर्न सो अनुदान रकम खर्च गरिने भएको कारागारका जेलर पौडेलले बताए ।
कारागारबाट निस्कने फोहर सिधै भूमिगत पाइपबाट भीमफेदीको विभिन्न खोलामा मिसाउने गरिएको थियो । कारागारमा उत्पादन हुने वायु ग्यास कारागारमै खपत गरिनेछ । भीमफेदी कारागारमा हाल एक हजार ७० जना कैदीबन्दी छन् । तीमध्ये ३१ जना महिला छन् ।
ताजा अपडेट
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए
-
कीर्तिपुरमा कारमा आगलागी हुँदा एकजनाको मृत्यु


प्रतिक्रिया