NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २१ गते

भदौ १४ मा प्रदर्शनमा आउने ‘गणपति’ को गीत टिकटकमा हिट

काठमाडौं । चलचित्र ‘गणपति’ को ‘उन भित्र गुन फुल्ने ठाउँ कहाँ होला, माया रोप्दा मायै फुल्ने ठाउँ कहाँ होला’ बोलको गित टिकटक लगायतका सामाजिक सञ्जालमा रिलिज अगावै हिट भएको छ।

शंकर अधिकारी ‘घायल’को रचना र बाबुल गिरीको संगीत रहेको उक्त गीतको भिडियो भने सार्वजनिक भइसकेको छैन । यद्यपी, यस गीतको टुक्कालाई गणपतिको ट्रेलरमा भने समेटिएको छ ।

सबिन अधिकारीद्वारा लिखित तथा निर्देशित रामप्रसाद र लक्ष्मण रिजालको चलचित्र गणपतिको वल्र्डवाइड रिलिज राइट सेभेन सि इन्टरटेनमेन्टले लिएको छ।

फिल्म अमेरिका, अष्ट्रेलिया, जापान, क्यानडा, मिडिल इष्टलगायत म्यानमार र थाइल्याण्डका हलमा समेत बक्स अफिस रिलिज हुनेछ । रिजाल एन्ड रिजाल प्रोडक्शनका प्रमुख रामप्रसाद र सेभेन सि इन्टरटेनमेन्ट बीच बिहीबार सम्झौता भएको हो ।

गणपति नेपालसँगै विश्वभर भदौ १४ गते प्रदर्शन हुने तय भएको छ । फिल्ममा मुकुन भुसाल, मेनुका प्रधान, प्रकाश घिमिरेलगायतका कलाकार मुख्य भुमिकामा छन् ।

ताजा अपडेट

नेपालवाच विशेष