छलफलका लागि सभामुखले बोलाए दलका प्रमुख सचेतक
काठमाडौं । सभामुख देवराज घिमिरेले सत्तारूढ र प्रतिपक्ष दलका प्रमुख सचेतकहरूसँग छलफल गर्ने भएका छन् ।
एमालेले संसद् अवरोध यथावत् राखिरहेका बेला सभामुख घिमिरेले आइतबारका लागि प्रतिनिधिसभा बैठक आह्वान गरेका छन् । यही बैठकको पूर्वसन्ध्यामा सभामुख घिमिरेले संसदको गत्यावरोधसम्बन्धमा छलफल गर्न बैठक डाकेका हुन् ।
सभामुख देवराज घिमिरेको सचिवालयले संसद्मा प्रतिनिधित्व गर्ने सत्तापक्ष र प्रतिपक्ष दलका प्रमुख सचेतकसँग अहिले ११ बजे छलफल गर्न लागिएको जनाएको छ ।
विमानस्थलबाट तस्करीको सुन नियन्त्रणमा लिएपछि यसबारे संसदीय छानबिन हुनुपर्ने माग राखेर एमालेले गत साउन १० गतेदेखि संसद् अवरोध गर्दै आइरहेको छ । संसदको गत्वारोध हटाउन पटक–पटक सभामुख र दलहरूबीच संवाद भए पनि अहिलेसम्म सहमति जुट्न सकेको छैन । संसद्को काम–कारबाही अघि नबढ्दा महत्त्वपूर्ण जनजीविकाका मुद्दा र विधेयक अघि बढ्न सकेका छैनन् ।
ताजा अपडेट
-
टीकाका दिन मौसम सफा रहने, केही स्थानमा हल्का वर्षाको सम्भावना
-
भ्रष्टाचार र कुशासन हटाउन एकजुट हुन प्रधानमन्त्री शाहको आह्वान
-
रसुवा र नुवाकोटका धार्मिक तथा पर्यटकीय क्षेत्र भ्रमणका लागि सुरक्षित
-
बडा दशैंको मुख्य दिन आज, उत्तम साइत बिहान १०ः२६ बजे
-
दशैंको उपहारः भूमिहीनलाई जग्गाधनी प्रमाणपुर्जा


प्रतिक्रिया