NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

मेस्सीको कप्तानीमा रहेको मियामीले जित्यो लिग्स कपको उपाधि

काठमाडौं । स्टार फुटबल लिओनेल मेस्सीको कप्तानीमा रहेको इन्टर मियामीले लिग्स कप २०२३ को उपाधि हात पारेको छ । यो उसले आफ्नो इतिहासमा प्राप्त गरेको पहिलो उपाधि  हो  ।

शनिबार भएको निकै प्रतिस्पर्धापूर्ण खेलको निर्धारित समयमा मियामी र नाशभिल एफसीले १–१ को बराबरी खेलेका थिए । त्यसपछि खेल ट्राइब्रेकरमा प्रवेश गरेको थियो । तर यसमा पनि बराबरी भएपछि सडन डेथबाट निर्णय लिइएको हो ।

रोमाञ्चक खेलको २३औं मिनेटमा नै मेस्सीले उत्कृष्ट गोल प्रहार गर्दै मियामीलाई अग्रता दिलाएका थिए । तर, ५७औं मिनेटमा नाशभिलका फाफा पिकाल्टले गोल गरेर खेललाई बराबरीमा फर्काए ।

सन् २०२० मा स्थापना भएको मियामीको कप्तानी यस सिजनबाट मेस्सीले सम्हालेका छन् ।