NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ३ गते

राष्ट्रिय दलका शीर्ष नेताको बैठक बिना निष्कर्ष टुंगियो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको राष्ट्रिय दलका शिर्ष नेताहरुको बैठक बिना निष्कर्ष टुंगिएको छ ।

संसदको गतिरोध अन्त्य र जनताका दैनिक समस्याबारे छलफल गर्न प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय मान्यता पाएका दललाई बैठकमा बोलाएका थिए ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बसेको बैठक बिना निष्कर्ष टुंगिएको हो ।

बैठकपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सदन खुलाउने कुरामा सबै दल सहमत रहेका बताउदै भोलि बस्ने बैठकमा सहमति जुट्ने जानकारी दिए ।

एमालेले समितिको अडान राखिरहेको पनि गृहमन्त्रीले सीआईबीले अनुसन्धान गरिरहेकाले अर्को समिति बनाउँदा छानिबन प्रभावित हुनसक्ने बताएको लामिछानेले सुनाए । अब १५ दिनमात्रै बाँकी रहेकाले गृहमन्त्रीले मागेको समयभित्र सहमति जुटाउने प्रयास भइरहेको उनको भनाइ छ ।

बैठकमा प्रधानमन्त्री दाहाल, उप प्रधान एवम गृहमन्त्री नारायाणकाजी श्रेष्ठ, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमाले संसदीय दल उपनेता सुवास नेम्वाङ, रास्वपा सभापति रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन सहभागी थिए ।

यस्तै उपप्रधानमन्त्री तथा रक्षामन्त्रीसमेत रहेका कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीसमेत रहेकी जनमत पार्टीकी सचिव अनितादेवी साह, एमाले प्रमुख सचेतक पदम गिरी, माओवादीका प्रमुख सचेतक हितराज पाण्डे, रास्वपा प्रमुख सचेतक सन्तोष परियारलगायत पनि बैठकमा उपस्थित छन् ।